बर्दियामा एक पसलबाट धान चोरी गरी अर्को पसलमा लगेर बेचेको अरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार पक्राउ पर्नेमा राजापुर नगरपालिका वडा नं.९ बस्ने खुशिराम थारु हुन्।
उनले राजापुर नगरपालिका-८ धोबिनपुर स्थित रामप्रसाद गौतमले संचालन गरेको प्रमिता सप्लायर्सबाट ३ क्विन्टल ८८ किलोग्राम धान चोरी गरी सोही नगरपालिका वडा नं ४ मा रहेको शुभमाता ट्रेडर्समा लगेर विक्रि गरेका थिए।
थारुले यहि माघ १२ गते रातीमा चोरी गरेको बर्दिया प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। धान चोरेको खबरपछि खोजतलासमा लागेको प्रहरीले आज बुधबार पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी शाहीले बताए।