गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेबीच कोभिड–१९ प्रभावपछि पर्यटन क्षेत्रको अहिलेको अवस्थाबारे छलफल भएको छ।
गृह मन्त्रालयमा बुधबार भएको छलफलमा दुई अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको अवस्था र समाधान गर्नुपर्ने विषयबारे पनि कुराकानी भएको थियो।
दुई मन्त्रीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनकाे विषयमा कुराकानी भएकाे छ।
गौतमबुद्ध विमानस्थलमा सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ गर्ते तयारी भइरहेको छ। त्यसपछि सञ्चालनमा ल्याउने तयारी सरकारको छ। त्यसबारे सरोकारवाला दुई मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीबीच छलफल भएको हो।
छलफलमा पर्यटन मन्त्री आलेले कोभिड–१९ पछिको पर्यटनको अवस्था र अब गर्नुपर्ने पक्षबारे गृहमन्त्री खाणलाई जानकारी गराएका थिए। पर्यटन क्षेत्र सुधारका लागि गृहले पहल गर्ने गृहमन्त्री खाणँले बताएका थिए।