एमसीसी पास गर्न प्रधानमन्त्री देउवाको दबाब, गठबन्धनभित्रका अन्य दल अन्योलमा

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन्।

प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन्।


देउवा र प्रचण्डबीच एमसीसीबारे छलफल, प्रचण्डले राखे यस्ताे प्रस्ताव

स्रोतका अनुसार प्रचण्ड–नेपालले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय मागेका छन्। ‘प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास गर्ने संकेत देखिएपछि सभामुख अग्नी सापकोटाले अचानक संसद बैठकसमेत स्थगित गरेका छन् ,’ स्रोतले भन्यो।

यसअघि सभामुखले १६ माघमा प्रतिनिधिसभाको बैठक तोकेका थिए। ‘प्रधानमन्त्रीबाट एमसीसी प्रस्ताव आउने संकेतकै कारण उनले २६ माघलाई संसद बैठक तोकिएका छ।

यस्तै, अमेरिकाले पनि नेपालले १ फेब्रुअरीसम्ममा एमसीसी प्रस्ताव पास नगरे यो कार्यक्रम नै फिर्ता लैजाने जनाएको छ। 

प्रकाशित मिति: : 2022-01-31 18:00:00

प्रतिकृया दिनुहोस्