कोरोनाभाइरस खोप विभाजनले ज्यान लिइरहेको र विश्वव्यापी धेरै असमानताहरू बढाएको नयाँ रिपोर्टले चेतावनी दिएको अन्तराष्ट्रिय समाचार अल जजीराले उल्लेख गरेको छ।
अक्सफाम इन्टरनेशनलले भर्खरै जारी गरेको प्रतिवेदन अनुसार १० जना धनी व्यक्तिको सम्पत्ति कोरोनाभाइरस महामारीको समयमा दोब्बर भएको छ। यसले व्यापक असमानता श्रृजना गरेको र प्रत्येक दिन कम्तिमा २१ हजार ३०० व्यक्तिको मृत्युमा योगदान पुर्याएको छ।
‘हामी अभूतपूर्व चिन्ताका साथ २०२२ मा प्रवेश गरेको छौँ,’ अक्सफामले भन्यो, 'असमानताले मार्छ’, (ईन्इक्वालिटी किल्स) रिपोर्टले चेतावनी दिएको छ।चरम असमानताको वर्तमान विश्वव्यापी अवस्था विश्वका गरिब जनता र राष्ट्रहरूविरुद्ध आर्थिक हिंसाको रूप रहेकाे बताएको छ।
यो गहिरो असमान विश्वमा संरचनात्मक र प्रणालीगत नीति र राजनीतिक छनौटहरूले धनी र सबैभन्दा शक्तिशालीको पक्षमा झुन्डिएका छन् जसले गर्दा विश्वभरका बहुसंख्यक आम जनतालाई नोक्सान पुर्योएको प्रतिवेदनले कोभिड-१९ खोपको विभाजनलाई एक प्रमुख उदाहरण भएको प्रकाश पारेको छ।
‘यदि तिनीहरूसँग खोप भएको थियो भने लाखौं मानिसहरू आज पनि जीवित हुने थिए। तर तिनीहरू बितेर गए, जबकि ठूला औषधि निगमहरूले यी प्रविधिहरूमा एकाधिकार नियन्त्रण जारी राखेका छन्’, अक्सफामले भन्यो।
प्रतिवेदनले अफ्रिका र ल्याटिन अमेरिका र क्यारेबियन संयुक्त राष्ट्रका एक अर्ब महिला र केटीहरूभन्दा २५२ पुरुषसँग बढी सम्पत्ति रहेको अनुमान गरेको छ। र विश्वका सबैभन्दा धनी १० व्यक्तिसँग सबैभन्दा ३.१ अर्ब कम आय भएका मानिसहरूभन्दा बढी धन छ।
यसबाहेक महामारीको समयमा धनीहरू झन धनी भए भने ९९ प्रतिशत मानवताको आम्दानीले क्षति बेहोर्नु परेको छ।
अक्सफामको रिपोर्ट सामान्यतया विश्व आर्थिक फोरमको (डब्लुईएफ) डाभोस, स्विजरल्याण्डमा हुने वार्षिक बैठकअघि जारी गरिन्छ- तर विश्वको सबैभन्दा धनी र सबैभन्दा शक्तिशालीको भेला यसवर्ष महामारीको कारण स्थगित गरिएको छ।
गत हप्ता, डब्लुईएफले ग्लोबल रिस्क रिपोर्ट २०२२ जारी गर्दै चेतावनी दिएको छ कि कोरोनाभाइरसबाट भएको एकतर्फी आर्थिक सुधारमा धेरैजसो भ्याक्सिनेशनको सुरुवातमा भर परेको छ। यसले राष्ट्रहरूभित्र र बिचको विभाजनलाई गहिरो बनाएको छ।
यसले यो पनि जोड दिएको छ कि- बढ्दो असमानता, महामारीको कारणले झनै खराब बनाइएको छ। यसले थप तनाव, असन्तुष्टि र जलवायु परिवर्तन, आर्थिक असमानता र सामाजिक अस्थिरताप्रति राष्ट्रहरूको प्रतिक्रियालाई थप जटिल बनाउने निश्चित छ।
संयुक्त राष्ट्र संघ र सरकारहरूले गरिबी निवारण गर्न र प्रविधि र शिक्षामा पहुँचलाई अझ समान रूपमा वितरण गर्न विगत केही दशकहरूमा प्रयास गरेपनि विश्व दशकौंदेखि गम्भीर असमानतातर्फ उन्मुख बढेको छ।
‘यी वर्तमान दिनका विभाजनहरू दासप्रथा र औपनिवेशिकतालगायत जातिवादको ऐतिहासिक विरासतसँग प्रत्यक्ष रूपमा जोडिएका छन्’, अक्सफामको प्रतिवेदनले भन्यो।
प्रतिवेदनले सन् १९९५ देखि विश्वका शीर्ष एक प्रतिशतले तल्लो ५० प्रतिशतभन्दा झण्डै २० गुणा बढी विश्वव्यापी सम्पत्ति कब्जा गरेको उल्लेख गरेको छ। महामारीले यसलाई झन खराब बनाएको छ।
कम ब्याजदर र सन् २०२० को कोभिड-१९ प्रहारबाट अर्थतन्त्रलाई पुनः प्राप्ति गर्न मद्दत पुर्याएकाे, निर्माण गरिएको सरकारी प्रोत्साहनले पनि स्टक र अन्य सम्पत्तिहरूको मूल्य बढाएको छ, जसले धनीहरूलाई अझ धनी बनायो।
‘अर्थतन्त्र बचाउन केन्द्रीय बैंकहरूले वित्तीय बजारमा खन्याएकाे अर्बपतिहरूको सम्पत्तिमा इतिहासमा सबैभन्दा ठूलो वृद्धि गराएको छ। जबकि महामारीले सामान्य मानिसहरूलाई उनीहरूभन्दा गरिब बनाएको छ’, अक्सफ्यामका कार्यकारी निर्देशक गेब्रिएला बुचरले अल जजीरालाई बताइन्।
धन असमानताले मानिसलाई मात्र हानी गर्दैन, यसले ग्रहलाई पनि पीडा दिन्छ। अक्सफ्यामका अनुसार सबैभन्दा धनी अर्बपतिहरूमध्ये बीस जनाले अर्बभन्दा गरिब मानिसको तुलनामा ८,००० गुणा बढी कार्बन उत्सर्जन गरिरहेको अनुमान गरिएको छ।
भ्याक्सिन इक्विटी र अति धनीलाई कर लगाउने
अक्सफामले उद्धृत गरेको अनुसन्धान अनुसार धनी देशहरूमा बस्ने मानिसको तुलनामा न्यून र मध्यम आय भएका देशहरूमा बस्ने मानिसहरूको कोभिड-१९ संक्रमणबाट मृत्यु हुने सम्भावना दोब्बर हुन्छ।
अक्सफ्याम भन्छ केही देशहरूमा सबैभन्दा गरिब मानिसहरू कोभिड-१९ बाट मर्ने सम्भावना झण्डै चार गुणा बढी हुन्छ।
‘धेरैले आफ्नो जागिर गुमाएका छन् र लाखौंले आफ्नो ज्यान गुमाएका छन्। महिला, जातीय समूह र विश्वका दक्षिणि भागका नागरिकहरू सबैभन्दा बढी प्रभावित छन्,’ बुचरले अल जजीरालाई भने।
सरकारहरूसँग कार्यप्रणाली परिवर्तन गर्ने र यसको जरामा ‘आर्थिक हिंसा’ लाई कम गर्न थप समान संसारको जग बसाल्ने शक्ति रहेको अक्सफामको तर्क छ।
एउटा राम्रो सुरुवात १० धनी व्यक्तिहरूलाई कोभिड-१९ लाभमा एकमुश्त अप्रत्याशित कर (वान-अफ विन्डफल कर) लगाउनु हो, जसद्वारा ८१२ अर्व डलर बिलियन उत्पन्न गर्ने प्रतिवेदनले बताउँछ।
‘हामीले नयाँ सम्पत्ति र पूँजी करको साथ यो अविश्वसनीय अर्बपति बोनान्जा फिर्ता गर्न आवश्यक छ। यो सरल, सामान्य ज्ञान होस् अति धनीहरूलाई कर लगाउनुहोस् र पैसा नर्स, अस्पताल र खोपहरूमा खर्च गर्नुहोस्’, बुचरले अल जजीरालाई भने। एजेन्सी