अमेरिकामा शरणार्थीका लागि आवेदन दिने २३औं वरियतामा नेपाली

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकामा शरण लिन आवेदन दिने  देशको वरियतामा नेपाल २३औं  स्थानमा पुगेको छ। अमेरिकी अध्यागमन अदालतमा पछिल्लो दिन पेन्डिङ  रहेका मुद्दाको संख्याको आधारमा यो वरियता सार्वजनिक भएको हो।

नेपाल क्षेत्रफलको हिसाबले विश्वको ९३औं र जनसंख्याको आधारले ४९औं  राष्ट्र हो। यी दुबै कोणबाट हेर्दा अमेरिकामा शरण लिन चाहने नेपालीको संख्या हेर्दा स्वभाविक मान्न सकिन्न।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा शरण लिन आवेदन दिने नेपालीका तीनहजार नौसय ८६ मुद्दा अध्यागमन अदालतमा पेण्डिङ अवस्थामा छन्।

कुन अदालतमा कति पेण्डिङ–
न्युयोर्क– २१२०
क्यालिफोर्निया– १०६४
टेक्सास–  ३७८
मासाचुसेट्स– ९९
मेरिल्याण्ड– ९०
भर्जिनिया– ७४
कोलोराडो– ४०
न्युजर्सी– ३५
इलिनोयमा– २४
पेन्सिलभेनिया– १७
मिनेसोटा– १६
वासिंटन– १५
जर्जिया– १४
जम्मा: ३९८६

अमेरिकामा पछिल्लो समय पेण्डिङ मुद्दाको संख्या अत्याधिक बृद्धि भएको छ।

पछिल्लो तथ्यांकअनुसार सन् २०२१ को अन्तिम तीन महिनामा  मुद्दाको ब्याकलगले  एक  लाख ४० हजारको तथ्यांक पार गरेको छ भने डिसेम्बरसम्म पेन्डिङ हुने मुद्दाको संख्या १५ लाख ९६ हजार एकसय ९३ पुगेको छ।

अमेरिकाको इतिहासमै पहिलोपटक यस्तो भएको हो।

प्रकाशित मिति: : 2022-01-29 04:00:00

प्रतिकृया दिनुहोस्