मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी

File Photo
File Photo

रौतहटको गौरमा भएको नरशंहार दोहोर्‍याउने धम्की दिएको प्रकरणमा भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी परेकाे छ।

पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गरेका हुन्।

कर्णले हुलाकमार्फत् जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।

५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन्।

प्रकाशित मिति: : 2022-01-27 15:30:00

प्रतिकृया दिनुहोस्