प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात’ समिट तत्काललाई स्थगित भएको छ।
भारतको गुजरात राज्यमा हुन लागेको समिट ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले स्थगित गरेको समाचार संस्था एएनआइले जनाएको छ।
यो समिटमा जनवरी १० देखि जनवरी १२ सम्म आयोजना गर्ने तयारी थियो।भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीले समिटकाे उद्घाटन गर्ने कार्यक्रम थियो।
साे समिटमा भाग लिन प्रधानमन्त्री देउवा पुस २५ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो।
समिटमा भाग लिने नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागीता हुने कार्यक्रम थियो।
गुजरात जरात सरकारले समिटको अर्को मिति भने तय गरेको छैन।