पार्टी जीवनमा गम्भीर समस्या र सांस्कृतिक विचलन देखिएको छ : नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको बताएका छन्।

माओवादीको आठौं महाधिवेशनको बन्दसत्रपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको र महाधिवेशनपछि क्रान्तिको नेतृत्व गर्ने बताए।

‘पार्टी जीवनमा गम्भीर समस्या छन्। व्यक्तिवाद, गुटवाद र आर्थिक स्पष्टीकरण जस्ता समस्या देखिएको छ। अराजकता, सांस्कृतिक विचलन देखापरेको छ। वैचारिक र सांस्कृतिक रूपमा पार्टीलाई अर्को ठाउँमा पुर्याउन यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्नुपर्छ भन्ने अध्यक्षले जुन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ, त्यो वैचारिक मन्थन गरेपछि मात्र सम्भव छ,’ श्रेष्ठले भने।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमा क्रान्तिकारी विचारको विकास गर्ने, पुँजीवादको विकासलाई मार्क्सवादसँग जोड्ने, विज्ञान र प्रविधिमा भएको विकास र जलवायु र वातावरणको विकासलाई मार्क्सवादसँग जोड्ने किसिमले आएको भन्दै उनले प्रतिवेदनबाट निस्केको विचारपछि पार्टी सशक्त हुने बताए।

प्रकाशित मिति: : 2021-12-27 16:44:00

प्रतिकृया दिनुहोस्