आज शिवालयकाे दर्शन गर्नु शुभ, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

आजको पात्रो : २० मंसिर, साेमबार। ६ डिसेम्बर। मार्गशीर्ष शुक्लपक्ष द्वितीया, तृतीया, चतुर्थीसमेत भेटेको छ। तैतिल करण, पूर्वाषाढा नक्षत्र, गण्ड योग, चन्द्रमा धनु राशिमा छ।

आज सूर्योदय बिहान ६ः४२ मा भएकाे छ भने सूर्यास्त साँझ ५ः१० मिनेटमा हुनेछ। बिहान ११ः३५ मा अभिजित मुहूर्त सुरु भएर १२ः३६ सम्म रहने छ।

आज बिहान ८ः०० बजेदेखि राहूकाल सुरु भएर ९ः१९ सम्म रहनेछ। आजका देवता अग्नि र ग्रहदेव शनि छ। सोमबारका दिन बिहान र साँझ अनुकुल समयमा शिवालय यात्राको लागि शुभ मानिन्छ। अध्ययनअध्यापनका काम पनि सोमबारको दिन सुरु गर्दा शुभ हुन्छ भन्ने मान्यता रहेको छ। सोमबारका दिन कुनै कामको शुरुवात गर्दा त्यो सफल हुने भन्ने विश्वास पनि रहेको छ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन अर्थलाभ योग परेको छ। व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ। परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ। स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला। सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट फल प्राप्ति हुनेछ। तर, मनमा निराशा छाउने छ। पारिवारिक समस्याका कारण आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला। आजका दिन मौन रहनु तपाईँका लागि शुभ मानिन्छ। 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  आजको समय र दिन अनुकुल रहेको छ। मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ। तपाईँलाई मानसम्मान मिल्नेछ। सामाजिक सेवाको भाव बढ्ने छ। सहयोगी भावका कारण तपाईँलाई सन्तोष मिल्नेछ। सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ। कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ। पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ। कसैसँग विवाद र झगडा नगर्नुहोला। आजको दिन कसैसँग विवाद भयो भने तपाईँको हानी हुनेछ। आजको दिन बिहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुनसक्छ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजका दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ। यात्रा गर्दा उपलब्धी हुनसक्छ। मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ। परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन शुभ छ।  तपाईँले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ। आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला। पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नै बेस हुनेछ। शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईँले आजको दिन सुरु गरेको कामले सफलता प्राप्त गर्नेछ। व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ। यात्राका लागि प्रस्ताव आउनसक्छ। अध्यात्मयात्राले तपाईँलाई मनमा उर्जा थप गर्नेछ। आजको दिन शतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ। कन्या राशिका पुरुष जातकका लागि स्त्रीबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन यात्राँ नगर्दा तपाईँको भलो हुनेछ। त्यसैले आज नियमित कामबाहेक अन्य कामका लागि समय खर्च नगर्नुहोला। आजको दिन तपाईले गरेको कामको प्रशंसा हुनेछ। मानसम्मान मिल्नसक्नेछ। सरकारी कार्यालयका अधिकारीलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  तपाईँले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ। त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ। चन्द्रमाको समेत साथ रहेको हुनाले सन्तानबाट सुख र स्त्रिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईँको लागि आज फलदायी हुनेछ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : अर्थलाभ हुने सम्भावना छ। कसैलाई सापटी दिनुभएको  छ भने आजको दिन पनि प्राप्त हुनसक्छ। तर, मनमा अशान्त हुनेछ। स्वास्थ्यमा निकै ध्यान दिनुहोला। कसैसँग विवाद हुने कुरा नगर्नुहोला। परिवारका सदस्यसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : यात्राले मनमा प्रसन्नता छाउने छ। आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ। व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ। दाम्पत्य जीवनमा खुसियाली छाउने छ। स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ।  सोमबार सुरु गरेका काम साताभित्र सकिने छ। त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ। आजको दिन कुनै पनि शुभकर्म गर्नुभएको छ भने उत्तम हुनेछ।

प्रकाशित मिति: : 2021-12-06 07:17:00

प्रतिकृया दिनुहोस्