चीनको आर्थिक वृद्धिदर किन छिटो घटिरहेछ ?

चीनको आर्थिक वृद्धिदर घट्नुमा उसले अपनाएको कठोर कोरोना नियन्त्रण नीति मात्रै जिम्मेवार छैन

सन् २०२१ को प्रारम्भमा विश्वका प्रमुख २५ बैंक तथा अन्य व्यावसायिक पूर्वानुमानकर्ताले एक स्वरमा चिनियाँ कुल गार्हस्थ्य उत्पादन वृद्धिदर यो वर्ष ८.३ प्रतिशत हुने प्रक्षेपण गरेका थिए। त्यस बखत चिनियाँ सरकार आफैँले आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशत मात्र लिएको थियो।

चिनियाँ सरकारले कमजोर आर्थिक वृद्धिको लक्ष्य लिएकाले धेरै विश्लेषक अचम्मित भए। आखिर बाह्य संस्थानले त्यस्तो के महत्वपूर्ण पक्ष छुटाइरहेका थिए? कि चिनियाँ सरकारले आर्थिक वृद्धिलाई समेत असर पर्ने कुनै कदमबारे पहिलेदेखि सोचविचार गरिरहेको थियो ? 

पछिल्लो समय चिनियाँ अर्थतन्त्रको वृद्धिदर सुस्ताएपछि अन्तर्राष्ट्रिय बैंकहरूले चीनको वार्षिक आर्थिक वृद्धि प्रक्षेपण संशोधन गरेका छन्। तेस्रो त्रैमासिक वृद्धि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशत मात्र रह्यो । जबकि पहिलो र दोस्रो त्रैमासिकमा १८.३ प्रतिशत र ७.९ प्रतिशतको बलियो वृद्धि थियो। कोरोना भाइरसका कारण सन् २०२० को पहिलो त्रैमासिकको आर्थिक वृद्धि ऋणात्मक भएकाले पनि यो वर्षको पहिलो त्रैमासिकको वृद्धिदर उच्च देखिन सम्भव भएको हो । तेस्रो त्रैमासिकको न्यून वृद्धिले चौथो त्रैमासिक र आगामी वर्षको वृद्धि सम्भावनामाथि चिन्ता बढाएको छ । 

प्रकाशित मिति: : 2021-11-30 16:46:00

प्रतिकृया दिनुहोस्