प्रदेश सरकार सामाजिक रुपान्तरणको सवालमा अब्बल : मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरकार सामाजिक रुपान्तरणको सवालमा अब्बल रहेको बताएका छन्। 

नेपाली सेनाको स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरुसँग आज मुख्यमन्त्री निवासमा अन्तरक्रिया गर्दै उनले अधिकांश क्षेत्रमा पछि परेको प्रदेशलाई समय सापेक्ष प्रतिस्पर्धी बनाउन सामाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेको बताए।

सामाजिक रुपान्तरणका लागि प्रदेशले चालेका कदम अन्य प्रदेशको तुलनामा अब्बल रहेको मुख्यमन्त्री राउतको दाबी थियो। 

सामाजिक रुपान्तरणका लागि चालिएका कदममा बेटी पढाऊ बेटी बचाऊ, स्वच्छता अभियान, दलित सशक्तीकरण ऐन, जनसङ्ख्याको अनुपातमा सरकारी निकायमा आरक्षणको व्यवस्थालगायत छन्।

कार्यक्रममा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुले राखेको जिज्ञासाको मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जवाफ
 दिएका थिए। 

प्रकाशित मिति: : 2021-11-29 21:18:00

प्रतिकृया दिनुहोस्