पुराना कपडाको डस्ना बनाएर दिनकै २० हजार आम्दानी

File photo
File photo

बारा कलैयाका साह आलमलाई यतिबेला डस्ना बनाउन भ्याइ नभ्याइ छ। उनी डस्ना बनाउन भनेर आसपासका जिल्लाहरू पर्सा, सप्तरी, सिराहसम्मै पुग्छन्। डस्ना बनाएबापत पाउने पारिश्रमिकका कारण उनी घरभन्नदा निकै टाढा टाढासम्म पुग्छन्। 

उनका अनुसार डस्ना मात्रै बनाउँदा पनि दैनिक १५ देखि २० हजार रूपैयाँसम्म आम्दानी हुन्छ। उनले पुरान‍ो काम नलाग्ने लुगालाई मेसिनले पेलेर कपास जस्बताे बनाई आधा घण्टामा डस्ना तयार गर्दै आएका छन्। उनले भने, ´यो काममा कमाई हुने भनेको जाडो महिनामा त हो।

जहाँ बढी हाम्रो माग हुन्छ, त्यहाँ पुग्छौं। १५ देखि २० किलाेसम्मको डस्ना राम्रै हुने उनको भनाइ रहेको छ।  मेसिनमा कपडा पेल्न पाँचदेखि १० मिनेट र डस्ना बनाउँन २० देखि २५ मिनेट लाग्ने साहले बताए। उनले थपे, ´एउटा डस्ना बनाउन जम्मा ३० देखि ३५ मिनेट लाग्छ।`साह आलमकाे टिममा तीन जना छन्।

सुधा देव

प्रकाशित मिति: : 2021-11-29 14:21:00

प्रतिकृया दिनुहोस्