
ईश्वरी राई (इशु)
तजैना श्रेष्ठ १३ वर्षकी मात्र भइन् तर पेण्टिङमा भने उनी परिपक्व भइसकेकी छिन्। होटल हायात रिजेन्सीमा आइतबार सम्पन्न ‘हस्तकला प्रदर्शनीमा उनका चित्रकला (पेण्टिङ) पनि प्रदर्शनीकक्षमा राखिएका थिए।
एस स्कुलमा कक्षा नौमा पढिरहेकी उनका चित्रकलाहरु प्रदर्शनीबाट बिक्री पनि भए। प्रदर्शनीमा भेटिएकी यी किशोरी निकै खुशी थिइन्– आफ्नो सफलताबाट।
उनले कुची चलाउन थालेको नौ वर्ष भइसकेको छ। उनलाई नै थाहा छैन, खै कहिलेदेखि रङ्गसँग रमाउने थालेँ भन्ने।
सानैदेखि रङ्गीविरङ्गी कुचीहरूसँग खेल्न खूबै रमाउँथिन्, उनी। त्यसैले त ‘पेण्टिङ’ उनको सोख बन्यो।
विद्यालय शिक्षा सुरु गर्दादेखि नै उनले चित्र कोर्न सुरु गरेकी हुन्। वाल्यकालमै उनले फूल, पुतली र घरका चित्र कोर्थिन् अनि त्यसमाथि कुचीले रङ्ग भर्थिन्। सानु छँदा घरका मान्छेले पढ्न भन्थे। उनी जिद्दी गर्थिन्, ‘चित्र बनाउँछु।’
चार वर्षको उमेरदेखि नै चित्र बनाएर त्यसमा रङ्ग भर्न थालेको उनलाई याद छ। चित्रप्रतिको उनको लगाव धेरै नै थियो। त्यसैले त उनले पढ्नभन्दा पनि बढी समय चित्र कोर्नलाई दिन्थिन्।
छोरीको ध्यान पढाईभन्दा चित्र बनाउनतिर बढ्न थालेपछि उनलाई मातापिताले फकाई–फकाई कर गर्थे, ‘पढाइमा बढी ध्यान देऊ, छोरी !’
आमाबाबुको चिन्ता बुझेर तजैनाले चित्र बनाउन कम गदैँ गइन् तर चित्रप्रति मोह भने घटेन। त्यसैले उनीे खाली समयमा चित्र बनाउन थालिन्।
अहिले उनी कक्षा ९ मा पढ्दै छिन्। अब उनमा आत्मविश्वास बढेको छ– पेण्टिङबाटै नाउँ कमाउन सक्छु। बिएल नेपाली सेवासँगको भेटमा दृढ अठोट लिँदै भनिन्, ‘म चित्र कोरेरै नाम कमाउने छु्।’
गत चैत ५ गतेदेखि कोरोना भाइरस संक्रमणको दोस्रो महामारीका कारण नेपालमा पनि ‘लकडाउन’ भयो। चित्रप्रति उनको लगाव अझ बढ्दै गयो। ‘लकडाउनले घरमै बन्द भयौँ। गर्नका लागि काम थिएन। त्यसैले चित्र बनाएर दिन कटाउन थाले’, उनले भनिन्।
‘यु–टय्ब’ हेर्दै उनले चित्र बनाउन थालिन्। जसबाट उनमा चित्र कोर्ने जाँगर थपिदैँ गयो। उनका पेण्टिङ तयार हुँदै गए। अनि उनी सोच्न थालिन् ‘यसलाई बेच्यो भने पैसा आउँछ। त्यो पैसा समाजसेवामा लगाउन पाए कति अवसर नपाएका बालबालिकाको कल्याण हुन्थ्यो।’
आफूले बेचेको पेण्टिङबाट आएको पैसाको आधा हिस्सा उनले दान दिने निर्णय गरिन्। ‘मैले चित्र बनाएर राखिरहेँ भने त्यसले कसैको जीवनमा योगदान गर्न सक्दैन। भित्तामा झुण्ड्याएर राख्नुमा मात्र मैले उपलब्धि देखिनँ। त्यसलाई बेचेँ भने त आएको पैसाले मद्दत गर्न पाएँ नि। अहिले म खुशी छु’, उनले भनिन्।
आफूले गरेको कामले अरुलाई पनि मद्दत पुर्याउनुपर्छ भन्ने सोच पिता विक्रम श्रेष्ठबाट पाएको उनी बताउँछिन्। उनका पिता ‘सानिमा बैंक लिमिटेड’ मा जागिरे हुन्, साथै समाज सेवी पनि। ‘बालबालिकाका लागि इन्टरनेटको पहुँच’ भन्ने नाराका साथ विक्रम ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्याउने गर्छन्।
जो बालबालिका इण्टरनेटबाट टाढा रहन्छन् उनीहरूसम्म इण्टरनेटको पहुँच पुर्याउनु उनको मुख्य उद्देश्य हो। उनका पिताले सित्तैमा इण्टरनेट दिएर ग्रामीणका बालबालिकालाई मद्दत गरेको देख्दा खुशी लागेको तजैना बताउँछिन्।
‘बाबाले त्यस्तो काम गरेको देखेर नै मैले पनि सघाउने निर्णय गरेकी हुँ’, उनले भनिन्, ‘जो बालबालिका इण्टरनेटको पहुँचबाट टाढा छन् उनीहरूले प्रयोग गर्न पाउन् उनीहरूलाई पनि इण्टरनेट र यसका कारण सूचनाको महासागरमा पहुँच होस्, मेरो चाहना यत्ति हो।’
गत महिना उनले भाटभटेनी सुपरमार्केटमा आफ्नो पेण्टिङ बेच्न राखेकी थिइन्। जसबाट उनले १८ हजार कमाइन्। पहिलो पटक आफ्नो मेहनतको फल हात पर्दा खुशी लागेको बताउँदै उनले भनिन्, ‘सुरुको कोशिश राम्रो भयो, अब योभन्दा धेरै मिहिनेत गर्नेछु। ’
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया