१३ सयले बढ्यो सुनको मूल्य

File Photo
File Photo

 आज (बिहीबार) पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार एकैदिन सुन प्रतितोला एक हजार ३ सय रुपैयाँले महँगिएको हो।

आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापवाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, केही दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदीकाे मूल्य प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: : 2021-11-11 11:52:00

प्रतिकृया दिनुहोस्