बिएल संवाददाता
म्यान्मारको ‘जुन्ता’ सेनाले छिन् प्रान्तस्थित थान्टलाङमा आक्रमण गर्दा बस्ती नै सखाप भएको छ।
आगलागीबाट कैयौँ घर जलेर नष्ट भएका छन्। सेनाले चर्च र मानव बस्ती केन्द्रीत आक्रमण गरेपछि छिन् समुदायका मानिसहरू त्रासमा बाँचिरहेका छन्।
आगलागीबाट थान्टलाङको सबैभन्दा पुरानो गिर्जाघर पनि ध्वस्त भएको उनीहरूकाे गुनासो छ।
सैन्य परिषद्को हिंसात्मक हमलापछि स्थानीयहरू घर छाड्न बाध्य भएका छन्। उनीहरू भागेर जङ्गल छेउछाउ पुगेको स्थानीय सामाजिक कार्यकर्ताहरूले जनाएका छन्। दुई दिनदेखि बस्तीमा दन्किरहेको आँगो अझै निभ्न सकेको छैन।
थान्टलाङका एक स्थानीय युवकले बताएअनुसार– मानिसहरू गाउँमा छैनन्। झन्–झन् फैलिरहेको आँगो निभाउने कुनै प्रयास गरिएको छैन। सेनाको डरले घर छाडेका उनीहरू गाउँ फर्किन सकेका छैनन्।

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया