मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री, राष्ट्रपतिलाई अहिलेसम्म छैन जानकारी 

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। तर, यसबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी भने गराएका छैनन्।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रपतिले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ। तर, मन्त्रिपरिषद् विस्तारबारे राष्ट्रपतिलाई जानकारी गराइएको छैन।

‘अहिलेसम्म मन्त्रिपरिषद् विस्तारबारे जानकारी आएको छैन’, राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए। प्रधानमन्त्री देउवाले आजै राष्ट्रपतिलाई भेटेका छन्।

मन्त्रिपरिषद् विस्तारबारे जानकारी नपुगेकाले राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथको तयारीसमेत गरेको छैन। ‘मन्त्रिपरिषद् विस्तारबारे जानकारी आएको छैन’, उनले भने, ‘यस कारण अहिलेसम्म शपथको कुनै तयारी गरिएको छैन।’

यद्यपि, उनले शुक्रबार अपरान्ह ३-४ बजेसम्म जानकारी आउन सक्ने पनि बताए। शपथसम्बन्धी जारी गरेको अध्यादेश निस्क्रिय भएसँगै अब परम्परागत रूपमा मन्त्रीहरूको शपथ गराउने स्वकीय सचिव अधिकारीले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-10-08 12:45:00

प्रतिकृया दिनुहोस्