राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

नेपाली कांग्रेसले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गरेको छ।

आजको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए।

कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए।

कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन्।

कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रियसभाको बैठक आइतबार १:१५ बजेसम्मका लागि स्थगित गरेका छन्।

प्रकाशित मिति: : 2024-05-17 13:52:00

प्रतिकृया दिनुहोस्