प्रधानमन्त्रीले बाेलाए कांग्रेसलाई छलफलमा

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन्।

प्रधानमन्त्रीले आज साँझ ६ बजे नेपाली कांग्रेसलाई सदनको अवरोधको विषयमा छलफल गर्न बोलाएका हुन्।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा पुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, जसपा नेपाल र लोसपा लगायतले साथ दिएपछि सरकार थप दबाबमा परेको देखिएको छ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। तर, दलहरुबीच सहमति नजुट्दा दिउँसो २ बजेसम्म बैठक सारिएको छ। अहिलेसम्म दलहरुबीच कुनै पनि ठोस सहमति नभएकाले २ बजेको बैठक पनि अन्योलमा परेको छ।

प्रकाशित मिति: : 2024-05-17 14:01:00

प्रतिकृया दिनुहोस्