नेकपा (एस)ले पायो यी चार मन्त्रालय, सचिवालय बैठकले मन्त्रीको टुंगो लगाउने

File Photo
File Photo

नेकपा (एकीकृत समाजवादी)ले भोलि सरकारमा सहभागी हुने मन्त्री नामको टुंगो लगाउने भएको छ।

आज बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले टुंगो लगाउने निष्कर्ष निकालेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीले आज महासचिव बेदुराम भुसालको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। ‘सरकारमा चार वटा मन्त्रालयका मन्त्री भोलि बस्ने केन्द्रीय सचिवाय बैठकले निर्णय गर्ने छ,’ उनले भने।

उनका अनुसार पार्टीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम मन्त्रालयका कुराकानी भइरहेको छ।

उनले भोलि वा पर्सीसम्म मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए। उनले दलहरुबीच मन्त्रालय बाडफाँडमा चार मन्त्रालयमा चित्त बुझाउनु परेको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2021-10-07 19:58:00

प्रतिकृया दिनुहोस्