एमाले अध्यक्ष ओलीले गरे प्रथम विधान महाधिवेशनको उद्घाटन

File Photo
File Photo

नेकपा एमालेको प्रथम विधान महधिवेशन उद्घाटन भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।

६ हजार प्रनिनिधिहरु सहभागी हुने भनिएको महाधिवेशनमा विभिन्न जिल्लाबाट प्रतिनिधिहरु सहभागी भएका छन्। कार्यक्रममा ईश्वर पोखरेल, भिम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, छविलाल विश्वकर्मा लगायत नेताहरुको सहभागीता रहेको छ। 

यसअघि महाधिवेशनमा सहभागी हुन जाँदा अध्यक्ष केपी शर्मा ओलीलाई ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गरी गोदावरीसम्म पुर्‍याइएको थियो। महाधिवेशन असोज १७ गतेसम्म चल्नेछ। 

प्रकाशित मिति: : 2021-10-01 13:30:00

प्रतिकृया दिनुहोस्