एमाले अध्यक्ष ओलीलाई स्कर्टिङ गरेर विधान महाधिवेशन स्थल पुर्‍याइने 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्कर्टिङ गरेर विधान महाधिवेशन स्थल पुर्‍याइने भएको छ।

शुक्रबारदेखि सुरू हुने एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाँदा ओलीलाई ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्दै गोदावरीसम्म  पुर्‍याइने भएको हो।

ओलीलाई कार्यकर्ताहरुले सयौं गाडी र मोटरसाइकलले स्कर्टिङ गर्ने बताइएको छ। गोदावरीस्थित गोदावरीस्थित सनराइज सभाहलमा शुक्रबारबाट सुरु हुने विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष ओलीले गर्दैछन्।

प्रकाशित मिति: : 2021-10-01 11:58:00

प्रतिकृया दिनुहोस्