प्रधानमन्त्री देउवाले मन्त्रीकाे लागि गरेकाे प्रस्ताव शम्भु थापाद्वारा ठाडै अस्वीकार

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकाे सरकारले नागरिक समाजबाट वरिष्ठ अधिवक्ता शम्भु थापालाई सरकारमा सहभागी हुन आग्रहकाे गर्दै मन्त्रीकाे लागि प्रस्ताव गरेकाे छ। तर थापाले भने उक्त प्रस्ताव अस्वीकार गरेका छन्। 

उनले आफूलाई मन्त्रीकाे लागि आएको प्रस्ताव अस्वीकार गरेको बताएका छन्। उनले भने, 'शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै मलाई मन्त्रीकाे लागि प्रस्ताव आएकाे थियाे। तर मैले इन्कार गरेँ।'

पछिल्लाे समय नागरिक समाजबाट मन्त्रीकाे लागि थापासहि अर्का अधिवक्ता गोविन्द शर्मा र अभियन्ता नारायण वाग्लेकाे नाम चर्चा चलिरहेकाे थियाे। तर यस्ताे चर्चाका बीच थापाले भने आफ्नाे स्पष्ट विचार व्यक्त गर्दै आफूले मन्त्रीकाे प्रस्ताव अस्वीकार गरेकाे जानकारी गराएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा उनै थापा कानूनी लडाईंका अग्रपंक्तिमा थिए।

प्रकाशित मिति: : 2021-09-28 18:15:00

प्रतिकृया दिनुहोस्