सत्ता गठबन्धनको बैठक: अध्यादेश र मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल

फाइल तस्वीर
फाइल तस्वीर

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ।

आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।

राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नेबारे गठबन्धनमा छलफल भएको छ। बैठकमा अध्यादेश फिर्ता गरेर तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको एक नेता बताए।

बैठकले अध्यादेश र सरकारलाई पूर्णता दिने विषयबारे निर्णय गर्ने जिम्मा शीर्ष नेताहरूलाई दिएको छ।

प्रकाशित मिति: : 2021-09-26 13:32:00

प्रतिकृया दिनुहोस्