कांग्रेस महाधिवेश : ९ असोजको पालिका अधिवेशन नरोकिने

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसले ९ असोजका लागि निर्धारित गरिएको अधिवेशन नरोक्ने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकले ९ असोजका लागि तय गरिएको पालिका अधिवेशन नरोक्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘पालिका अधिवेशन ९ असोजका लागि यसअघि नै तय गरिएको छ’, उनले भने, ‘सोही मितिमै हुनेछ। तर, जिल्लाको समन्वयमा केन्द्रीय निर्वाचन समितिको अनुमतिमा भने एक दुई दिनपछि गर्न सकिनेछ।’

हिमाली जिल्लाको दशैंअघि नै अधिवेशन सक्ने तयारी गरिएको उनले बताए। साथै १३ जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद पनि समाधान गर्न गठित समितिले टुंग्याउने प्रवक्ता शर्माले जानकारी दिए।

प्रकाशित मिति: : 2021-09-24 15:51:00

प्रतिकृया दिनुहोस्