माधव नेपालको आरोप– एकीकृत समाजवादीबारे एमालेले गलत प्रचार गर्‍यो

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमालेले आफ्नाे पार्टीबारे गलत प्रचार गरिरहेको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले नेकपा एस अरु पार्टीसँग मिसिन खोजेकोजस्ताे गलत प्रचार एमालेले गरिरहेको बताए। अध्यक्ष नेपालले यस्ता गलत प्रचार चिर्न नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे।

‘एमालेले हाम्रोबारेमा गलत प्रचार गरिरहेको छ। एमाले अरु पार्टीमा मिसिन खोजेको गलत प्रचार गरेको छ’, उनले भने, ‘एकीकृत समाजवादी कोहीसँग पार्टी एकता गर्दैन।’ आफूहरू सत्तारुढ गठबन्धनमा रहेको भन्दै उनले गठबन्धनलाई कसैले भत्काउन नसक्ने दाबी गरे।

प्रकाशित मिति: : 2021-09-23 14:56:00

प्रतिकृया दिनुहोस्