प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो।

गृहमन्त्री बोलेपछि काँग्रेस सांसदहरुले बोल्न समय माग गरे पनि सभामुखले काँग्रेस सांसदहरुलाई बोल्न समय दिएनन्।

सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन्।

प्रकाशित मिति: : 2024-05-19 19:14:00

प्रतिकृया दिनुहोस्