कस्तो छ हाम्रो संस्थागत स्मृति?

हिमाल खबर

काठमाडौँ

गुम्दै गएको संस्थागत स्मृतिलाई जोगाउन नागरिक र सरकारको तहबाट पहल नगर्ने हो भने राज्य नै कमजोर बन्नेछ।

हिजो-अस्ति के गर्नुभयो? कहाँ जानु भयो? वा एक-दुई वर्षअघि के कस्ता क्रियाकलापमा सहभागी हुनुभएको थियो? केही क्षण अघिका मात्रै होइन, वर्षौ पहिलेका राम्रा-नराम्रा घटना याद आइराख्छन्। अर्थात, ति हाम्रो स्मृतिमा बसी राख्छन्।

त्यसैले, त स्मृति इतिहासका स्रोत हुन्। यो विगतको ऐना पनि हो। यसलाई अहिलेको विश्वमा इतिहासको भरपर्दो स्रोतका रुपमा लिएर मान्यता दिन थालिएको छ।

स्मृति सबैको हुन्छ। व्यक्ति, परिवार, समूह, संस्था, राज्य र राष्ट्रका आ-आफ्नै स्मृति हुन्छन्। ती स्मृतिको लेखन आफैमा इतिहासको अभिलेखीकरण गर्ने प्रयत्न पनि हो। स्मृतिका पत्रहरू नै कालान्तरमा इतिहासका ग्रन्थ बनेका छन्। यस लेखमा ‘इन्स्टिच्युशनल मेमोरी’ (संस्थागत स्मृति)बारे चर्चा गरौं।

विस्मृतिमा जाँदा के हुन्छ?

केही वर्षअघि जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित चिनियाँ फिल्म महोत्सवमा स्मृतिमा आधारित फिल्म प्रदर्शन गरिएको थियो। त्यो ‘साइन्स् फिक्सन’मा आधारित फिल्म थियो। फिल्ममा यस्तो प्रविधिको कल्पना गरिएको थियो कि मान्छेका स्मृति हटाउन र नयाँ हाल्न पाउने सुविधा हुन्छ।

स्मृति गुमाएको मान्छेलाई हाम्रो समाजमा मानसिक सन्तुलन गुमाएको मान्छेजस्तो ठानिन्छ। स्मृति गुमाउने राज्य पनि त्यस्तै हो। राज्यले स्मृति गुमायो भने के हुन्छ? ठीकसँग सञ्चालन हुन सक्छ?

स्मृति ‘डिलिट’ गरेपछि मान्छेलाई पुराना घटना थाहा हुदैन। आफ्ना पुराना साथीभाइ समेत चिन्दैन। इष्टमित्र, पुराना ठाउँ र घटना बिर्सेको व्यक्ति मानसिक सन्तुलन गुमाएको जस्तो लाग्छ।

प्रकाशित मिति: : 2021-09-15 08:44:00

प्रतिकृया दिनुहोस्