जबर्जस्ती संसद् चलाउन खोज्नु संसदीय परम्पराविपरीत : कमल थापा

File Photo
File Photo

राप्रपा अध्यक्ष कमल थालाले सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षी दल एमालेको माग व्यवस्थापन नगरी जबर्जस्ती संसद् चलाएर संसदीय परम्पराविपरीत काम गरेको बताएका छन्। उनले वर्तमान विकृतिको अन्त्यका लागि ताजा जनादेशमा जान सुझाव पनि दिएका छन्।

अध्यक्ष थापाले ट्वीट गर्दै भनेका छन्,'प्रमुख प्रतिपक्ष दलको मागलाई सम्वोधन/व्यवस्थापन नगरी जवर्जस्ति संसद बैठक चलाउन खोज्नु अनुपयुक्त/संसदीय परम्परा विपरित छ।'

थापाले कांग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधान/व्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको पनि आरोप लगाएका छन्। उनले भनेका छन्, 'विकृतिको श्रृखला अन्तगर्न जनादेशबाट नयॅा विकल्प खोज्नुपर्छ।'

 

प्रकाशित मिति: : 2021-09-14 16:24:00

प्रतिकृया दिनुहोस्