संसद् बैठक : एमालेको अवरोधका बीच कार्यसूचीमा प्रवेश 

फाइल तस्वीर
फाइल तस्वीर

एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन्।

प्रस्ताव पेस गरेलगत्तै सभामुखले विधेयकमाथिको छलफल अगाडि बढाएका छन् । यतिबेला छलफलम नेमकिपाका सांसदले भाग लिइरहेका छन् । एमाले सांसदहरू भने नारा लगाइरहेका छन्।

प्रकाशित मिति: : 2021-09-14 13:16:00

प्रतिकृया दिनुहोस्