कर्णालीका उर्जा मन्त्रीसँग घरदेखि मन्त्रालयसम्म- 'जनतालाई नभेटे हाम्राे राजनीतिकाे के काम ?'

कर्णाली प्रदेशका उर्जा विकास तथा जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठकाे छवि उचाे छ।

उनी मन्त्री नबन्दा पनि चर्चामा आइरहेका पात्र हुन्। राजनीतिक स्वार्थभन्दा माथि उठेर जनताकाे हितलाई प्राथमिकता दिने बानीकै कारण उनी विपक्षीहरुका समेत प्रिय छन्।

कर्णाली प्रदेशकाे लेखा समितिका सभापति हुँदा उनले महत्त्वपूर्ण गतिविधि गरे। तत्कालीन प्रधानमन्त्री केपी ओलीले रारामा पुगेर कर्णाली भ्रमण वर्षकाे उद्घाटन गर्दा उनले त्यहाँ भएकाे भ्रष्टाचारकाे विना पक्षपात छानबिन गरेका थिए।

प्रदेशका तामाम सीमाहरुका बीचबाट उनले गरेका काम तारिफगाेग्य छन्। मन्त्री बनेपछि पनि त्यसरी नै सक्रिय हुँदा उनकाे आश मान्नेहरुकाे जमात बढेकाे छ। प्रदेश सरकारमा सामेल भएका अन्य पार्टी र मन्त्री तथा सत्ता साझेदारीमा असंलग्न सांसदहरुसँग समेत समन्वय गर्ने गरेकै कारण विवादकाे चाैघेराबाट उम्कन सकेका छन्। उनै मन्त्रीकाे एक दिनभरीकाे गतिविधि आज हामी बिएल नेपाली सेवामा प्रस्तुत गर्नेछौं।

साेमबार बिहान साढेँ ६ बजे कर्णाली प्रदेशका उर्जाविकास तथा जलस्रोत मन्त्री दिनबन्धु क्षेष्ठकाे घर पुग्दा थरिथरिका भजन बजिरहेका थिए। तेस्राे तलाकाे फराकिलो काेलियामा साई बाबाका ठूला तस्बिर टाँगिएका छन्। धुपकाे बासना बाहिरसम्मै पुगेको थियाे।

'छाेरीले खर्चका लागि दिएकाे रकम र खानाबाट कटाएपछि बचेकाे सबै दुखी बिरामीको सेवामा लगाउने गरेकी छु। श्रीमान् याे देखेर सन्तुष्ट हुनुहुन्छ।'

हामी आउने खबर पाएका मन्त्री श्रेष्ठ बिहान याेगा गरि तन्दुरुस्त बसेका थिए। 'हड्डी सम्बन्धि राेग भगकाले सामान्य याेगा गर्छु, आधा घण्टा जति। दैनिक देउतालाई धुप बत्ती बाल्ने गर्छु, समय पाएसम्म। दिनकाे सुरुवात यसरी नै गर्ने गरेकाे छु।'

यसकाे लागि प्रेरणाकाे स्राेत बनेकी छन्, उनकी श्रीमती विणा श्रेष्ठ। उनी धर्म-कर्ममा विश्वास गर्छिन्। उनलाई लाग्छ सेवा गर्ने भावना भएकाहरुकाे लागि धर्म-कर्म र राजनीति उस्तै हाे।

'हामी अहिले शाही बाबाकाे सेवाभावनाबाट प्रेरित छाैं। त्यसले हामीलाई शान्ति मिल्छ। राजनीतिमा जनताको निस्वार्थ भावनाले सेवा गर्दा पनि उस्तै खाले शान्ति मिल्छ,' उनले भनिन्, 'छाेरीले खर्चका लागि दिएकाे रकम र खानाबाट कटाएपछि बचेकाे सबै दुखी बिरामीको सेवामा लगाउने गरेकी छु। श्रीमान् याे देखेर सन्तुष्ट हुनुहुन्छ।'

मन्त्री श्रेष्ठकाे दिनचर्या दिनभरीकाे कामका लागि फाेनबाट सुरु हुन्छ। त्यसभन्दा अगाडि उनी अनलाइनमा देशकाे घटनाबारेका समाचार पढ्छन्। आजभोलि सबैभन्दा पहिला उनी मन्त्रालय सम्झिन्छन्। बाहिर हुँदा फाेनबाटै दिनभरीकाे कामलाई ध्यान दिन भनेर सचिवलाई सम्झाउँछन्।

मन्त्री भएपछि उनकाे व्यस्तता बढेकाे छ। त्यसमाथि भार थपिएकाे छ, काँग्रेस जिल्ला महाधिवेशनकाे। यसले कार्यकर्ता भेटघाटलाई पहिलाे प्राथमिकता दिन बाध्य पारेकाे छ। उनका बाबा भिम प्रसाद श्रेष्ठको पालादेखि काँग्रेस जुम्लामा काेइराला समूह बलियाे छ। अहिले रामचन्द्र समूह बलियाे छ। त्यही समूहलाई बलियाे बनाइरहन उनी सक्रिय छन्।

तर सरकारकाे मानाे खाने मन्त्री बनेपछि पार्टी कार्यकर्ता भन्दा बढी जनतालाई प्राथमिकता दिनुपर्ने कर्तव्यबाट विमुख हुन नसकिने उनकाे राय छ। त्यसैले आफ्ना समस्या दिएर आउने टाढाका जनतालाई उनी बढी समय दिन्छन्।

बिहान ओच्छ्यानमै भेट्न पुगेका 'चाैधबीस'का जनतालाई उनले सबैभन्दा पहिला भेटे। त्यहाँ बलिसकेकाे बिजुली बाढीले बगाइदिएपछि गाउँलेहरु अँध्यारोमा बस्न बाध्य छन्। उनले पाँच लाख बजेट मर्मत सम्भारका लागि दिने वचन दिए र आवश्यक कागजात मिलाउन भने।

'विकास निर्माणका सम्बन्धमा आउने जाे काेहीलाई भेट्ने समय छुट्याउँछु,' उनले भने, 'नत्र जनताको मन दुख्छ। हामीले राजनीति गरेर पदमा पुगेको अर्थ हुँदैन।'

त्यसपछि लागत्तै म र मन्त्रीका स्वकीय सचिव महेन्द्र कार्कीकाे लागि मन्त्री आफैले कफि लिएर आए। सचिव कार्कीले दिनभरीकाे कार्यतालिका बाेकेका थिए। उनले मन्त्रीलाई सरसर्ती सुनाएपछि त्यही अनुसार गर्न भने।

'मेराे नाममा आएका आलोचना मेरा लागि मार्गदर्शन हुन्। पुर्वाग्रही आलोचना वास्ता गर्दिनँ।'

सचिव कार्कीले सुनाएको तालिकामा कार्यकर्ता भेटघाटकाे लामाे लिष्ट छ। सिंजा, चाैधबीस र पाँन सय क्षेत्रका कार्यकर्ताकाे लागि अगाडि समय छुट्याइएकाे छ। बजार आसपासका कार्यकर्ताकाे लागि ढिलाे। त्यस अलावा घरमै पार्टी प्रवेशकाे कार्यक्रम राखिएकाे छ भने मन्त्रालयकाे काम र जनताका समस्यालाई प्राथमिकता सूचीमा राखिएको छ।

यति हुँदा पनि जनताका गुनासा र आलोचनाबाट मन्त्री श्रेष्ठ मुक्त छैनन्। जस्ताे केही समयअघि उनले कर्णालीलीका दशै जिल्लाका विकटमा रहेका एउटा एउटा बस्तीमा 'बस्ती उज्यालाे कार्यक्रम' मार्फत वैकल्पिक उर्जा साेलारबाट बिजुली बाल्ने याेजनामा बजेट छुट्याएकाे भनेका थिए। तर मिडियामा कुरा बढेर आयाे सबै ठाउँमा साेलार बिजुली बाल्ने भन्ने खालकाे। त्यसपछि उनी आलाेचित हुन पुगे र स्पस्टिकरण दिनु परेकाे थियो।

'याेजना बनाउने तर कार्यान्वयन पक्षमा ध्यान नदिदाँ हामीले आलोचना सहनुपर्छ,' उनले भने, 'मेराे नाममा आएका आलोचना मेरा लागि मार्गदर्शन हुन्। पुर्वाग्रही आलोचना वास्ता गर्दिनँ।'

९  बजे उनी चन्दननाथ नगरपालिका-१ दानसाँगु त्रिवेणीधाममा नदीले कटान गरेकाे क्षेत्रकाे निरिक्षणका लागि निस्किए। 

त्यहाँ उनकाे स्वागत गर्ने टिमकाे नेतृत्व गरिरहका थिए, काँग्रेस कार्यकर्ता नन्द बहादुर गरुङले। 'काँग्रेसकै पहिलाे मन्त्री हाम्रो ओटालाेमा आउँदा हामीले भाग्यमानी महशुस गरेका छाैं,' उनले भने, 'ऐतिहासिक महत्त्व बाेकेकाे त्रिवेणीधाममा नदीले कटान गर्दा यहाँकाे बस्ती समेत जाेखिममा परेकाे छ। हाम्राे याे सानाे बस्ती जाेगिनेछ। यहाँकाे ऐतिहासिक महत्त्व बाेकेकाे धार्मिक सम्पदा जाेगिनेछ।'

नदीजन्य पदर्थ बालुवा, गिट्टीलगायतको अवैध उत्खननले जाेखिम बढेकाे जनताको गुनासाे छ। र पनि बालुवा बेचेर गुजारा गर्ने मजदुरकाे राेजिराेटीकाे विकल्प नखाेजी कडाई गर्न सकिने अवस्था नरहेको भन्दै मन्त्री श्रेष्ठले नदीले कटान गरेकाे दानसाँघु क्षेत्र संरक्षणमा आफूले गर्नुपर्ने सबै थाेक गर्ने वचन दिए।

'ठुलाे बजेट व्यवस्थापन गर्न आवश्यक छ। अहिलेललाई धेरै बजेट छुट्याउन सकिने अवस्था छैन। तत्काल राेकथामकाे उपायका लागि सुर्खेत जानेवित्तिकै बजेट व्यवस्थापन गर्नेछु,' उनले भने, 'तर याे समस्याको दिर्घकालीन समस्या समाधानकाे खाेज्नुपर्छ। आउँदाे वर्षकाे बजेटमा मैले सकेकाे गर्छु र यसलाई बहुवर्षीय याेजना बनाउन जाेड दिनेछु।'

त्यसपछि उनी संसद हुँदाखेरी हालेकाे २० लाख बजेटकाे सडक र जालीकाे निरिक्षण गर्न निस्किए। त्यहाँकाे प्रगति सान्ताेषजनक देखियाे। फर्केर आएपछि उनकाे घरमा पाकेकाे सादा खाना खाए। साेमबार उनकी श्रीमती विणाकाे व्रत भएकाले घरमा मासु पाकेन। पाहुनाहरुलाई हाेटलमा व्यवस्थापन गरिएको थियाे।

आधा घण्टाकाे आरामपछि महाधिवेशनकाे चटाराे सुरु भयाे। बिहानकाे समय तालिका अनुसार कार्यकर्ताकाे आउजाउ भइरहयाे। कार्यकर्ताले 'अधिवेशनकाे दिनसम्म काँग्रेसमा देउवाका र रामचन्द्र समूह रहे पनि त्यसमाे भाेलीपल्टबाट काँग्रेस र रुख मात्रै रहनुपर्छ' भने।

दिनभरिकाे व्यस्तताले खाजा खाने समय पाएनन्। हरेकपल्ट समूहमा आउने कार्यकर्तासँगै कफि खाइरहे। त्यसैले उनकाे पेट भरियाे।

पाका उमेर समूहका कार्यकर्ताले काँग्रेसकाे मत पञ्चायतकालदेखि हालसम्म नघट्नुकाे कारण एउटै हाे भन्न सक्नु रहेकाे बताए। नेमकिपाकाकाे दबादबा देखि एमाले, मओवादीले जित्दासमेत काँग्रेसकाे भाेटमा कमी आएन। दाेस्राे संविधानसभाकाे निर्वाचन त काँग्रेसकै पाेल्टामा गयाे। त्यसबेला पाका कार्यकर्ताले महत्त्वपूर्ण भूमिका खेले।

मन्त्री श्रेष्ठले पाका कार्यकर्तालाई बढी समय दिए। उनीहरुलाई निर्देशन दिएनन्। बरु उनीहरुका अनुभव सुने। पाका कार्यकर्ता मध्येका एक हुन् सिंजा कनका सुन्दरी गाउँपालिकाका लक्ष्मी प्रसाद उपाध्याय। उनी ७५ वर्षका भए। जिल्ला अधिवेशनकाे तयारीका क्रममा जुम्ला पुगेका उनले जुम्लामा काँग्रेस गठनकाे पुराना दिन सम्झिए।

अपरान्ह चार बजे चन्दननाथ -१० का अन्य पार्टीका कार्यकर्तालाई काँग्रेसमा प्रवेश गराए। काँग्रेसकाे सिद्धान्त अनुसार गाउँमा काम गर्न भने। समस्याहरु लिएर आउनु भनेर आफूले सकेसम्म जनताको काम गर्ने बचन दिदै बिदा गरे।

दिनभरिकाे व्यस्तताले खाजा खाने समय पाएनन्। हरेकपल्ट समूहमा आउने कार्यकर्तासँगै कफि खाइरहे। त्यसैले उनकाे पेट भरियाे।

साँझ साढेँ ६ बजे प्रमुख जिल्ला अधिकारी, डिएसपी, शसस्त्र प्रहरीका प्रमुखसँग बैठक बसे। जिल्लाकाे अवस्थाबारे जानकारी लिए। उनीहरुसँग बिदा भएपछि उनकाे साेमबार दिन सकियो। उनले खाना खाने तयारी थाल्दै गर्दा हामी छुट्टियाैं।

प्रकाशित मिति: : 2021-09-15 06:03:00

प्रतिकृया दिनुहोस्