बिएल संवाददाता
सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम-१७ (५ जी) सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, मजबुत टिकाउ र अत्याधुनिक एआई प्रविधियुक्त क्यामेरा फिचरसहित आएको यो फोनले आफ्नै सेग्मेन्टमा पहिलोपटक अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधि उपलब्ध गराएको कम्पनीले जनाएको छ।
यसमार्फत प्रयोगकर्ताले स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सक्नेछन् । एम १७ ५जीले एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पु¥याउने बताइएको छ । ६.७ इन्चको एपएचठी प्लस सुपर एमोलेड डिस्प्ले रहेको यस स्मार्टफोनमा धूलो र पानीबाट सुरक्षा दिने सुविधा पनि समावेश गरिएको छ।
नेपालमा दुई भेरियन्टमा उपलब्ध यो फोनमध्ये ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य २५ हजार ९९९ रुपैयाँ राखिएको छ भने ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ।
किफायती मूल्यमा समेत उच्च प्रदर्शन र आधुनिक प्रविधि उपलब्ध गराइएको ग्यालेक्सी एम १७ ५जीले नेपाली बजारमा नयाँ आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया