नेकपा (एस): श्रीमान केन्द्रमा, श्रीमती प्रदेशमा सिफारिश

नेकपा (एकीकृत समाजवादी) तेह्रथुमको अध्यक्षमा कृष्ण चोङबाङ चयन भएका छन्।

नवगठित कमिटी उपाध्यक्षमा बादल सुब्बा, सचिवमा गजेन्द्र कन्दङ्वा र सहसचिवमा योगेन्द्र गड्तौला चयन भएका छन्।

सोमबारको भेलाले अनुभूतिबम नेपालीलाई केन्द्रीय सदस्य र गंगाराम खनाललाई केन्द्रीय सल्लाहकार सदस्यमा सिफारिस गरेको छ।

विष्णुविक्रम सुब्बा, भूपतिलाल श्रेष्ठ, राजेन्द्र बराल र कमला दर्नाललाई प्रदेश सदस्यमा र नैनसिङ सुवेदी, टीका खड्कालगायतलाई प्रदेश सल्लाहकारका लागि सिफारिस गरेको अध्यक्ष चोङबाङले बताए।

भेलाले पतिपत्नीलाई नै पार्टीको केन्द्र र प्रदेशसमितिका लागि सिफारिस गरिएको भन्दै आलोचना सुरु भएको छ। भेलाले अनुभूति बम नेपालीलाई केन्द्रीय सदस्यमा र उनकै पत्नी कमला दर्नाललाई प्रदेश सदस्यका लागि सिफारिस गरेको हो।

प्रकाशित मिति: : 2021-09-14 09:25:00

प्रतिकृया दिनुहोस्