यतिबेला बालकाेटमा एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच वार्ता चलिरहेकाे छ।
बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन्। एमाले टोलीमा उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाव प्रमुख राजन भट्टराई र प्रचार विभाग उपप्रमुख सूर्य थापा पनि सहभागी छन्।
एमसीसी सम्झौतालाई नेपालको संसद्बाट पारित गर्नुपर्ने अमेरिकाको दबाबका बीच फातिमाको नेपाल भ्रमण भएको हो। उनको साथमा नायव उपाध्यक्ष जोनाथन ब्रुुक्स पनि ओली निवास बालकोट पुगेका थिए ।
चार दिन काठमाडौं रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्षनेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
एमसीसी संसदबाट पारित गर्ने विषयमा राजनीतिक दलहरूबीच फरक फरक मत रहेका बेला फातिमा नेतृत्वको टोलीको नेपाल भ्रमण भएको हो।
एमसीसी उपाध्यक्ष सुमारकाे टोली विमानस्थलबाट सिधै पुग्याे मेरियट हाेटल (भिडियाे)