एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स काठमाडाैँ आइपुगेका छन्।
विमानस्थल स्राेतका अनुसार बिहान ९:१५ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थलमा अमेरिकी दूतावास र एमसीसी नेपाल कार्यालयका अधिकारीले स्वागत गरेका थिए। उनीहरुको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो।
सुरक्षाकर्मीले फोटो खिच्नसमेत थिएनन्। सुमार नेतृत्वको एमसीसी टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै मेरियट होटल गएका छन्। उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
एमसीसी टोलीले आज प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायतलाई भेट्ने कार्यक्रम छ।