एमाले स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले माधव नेपालले खोलेको नयाँ पार्टी (नेकपा एमाले समाजवादी) मा नजाने सङ्केत देखाएका छन्। यसअघि उनी नेपाल समूहमा सक्रिय हुँदै आएका थिए।
बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई सामाजिक सञ्जालमार्फत् बधाई तथा शुभकामना दिँदै नेपाल समूहको नयाँ पार्टीमा नजाने आशय व्यक्त गरेका हुन्। पूर्वमन्त्री पाण्डेले नेपाल समूहले संकलन गरेको सूचीमा हस्ताक्षरसमेत गरेका छैनन्।
नेपालनिकट मानिएकी शाक्य एकाएक एमाले संस्थापन समूहमा लागेकी छिन्। उनी कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीकाे खराे आलाेचक थिइन्। वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजै पदबाट राजीनामा दिएपछि संसदीय दलको नेतामा शाक्य सर्वसम्मत चयन भएकी हुन्।