प्रधानमन्त्री देउवाकाे माैखिक आदेशमै राेकियाे स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरेकाे सरुवा

प्रधानमन्त्री शेरबहादुर देउवाको मौखिक आदेशमै वीर अस्पतालका प्रशासकीय प्रमुख डा.जागेश्वर गौतमको सरुवा रोकिएको छ।

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गौतमलाई उनलाई प्रसूती अस्पतालमा सरुवा गरेका थिए। राज्यमन्त्री श्रेष्ठले उनको ठाउँमा डा.रुद्र मरासिनीलाई जिम्मेवारी दिएका थिए।

तर, प्रधानमन्त्री देउवाको आदेशमा उक्त सरुवा तत्कालको लागि रोकिएको  छ। 

प्रकाशित मिति: : 2021-08-03 12:11:00

प्रतिकृया दिनुहोस्