नेकपा एमालेभित्रको विवाद समाधान गर्ने प्रयासस्वरुप पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएकाे छ।
दुई नेताबीच आज (मंगलबार) भेटवार्ताकाे तयारी भएकाे नेता सुवास नेम्वाङले बताएका छन्। उनका अनुसार भेट्ने समय र स्थान तय भएकाे छैन्।
यसअघि ओलीनिकट नेताहरू नेम्वाङ र विष्णु पौडेलले वरिष्ठ नेता नेपालसँग पटक-पटक कुरा गरेका थिए। पछिल्लो समय ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति आक्रामक देखिएपनि विघटित कार्यदलका सदस्यहरुसहित दोस्रो तहका नेताहरूले भने पार्टी एकताका लागि निरन्तर पहल जारी राखेका छन्।
माधव नेपालले भने आफू पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेका छन्।
यसअघि दाेस्राे तहका नेताहरूले दुई नेताबीच भेटवार्ता गराउन खाेजेपछि असफल हुँदै आएका थिए।