फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर (आदेशसहित)

फ्लोर क्रस गर्ने कर्णाली प्रदेश सभाका ४ जना सांसदलाई निष्कासन गर्ने गरी दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासमा आज भएको सुनुवाइपछि अदालतले आफैं समावेश भएको संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको ठहर गर्दै सदर गरेकाे हाे। 

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो।

प्रकाशित मिति: : 2021-08-02 17:29:00

प्रतिकृया दिनुहोस्