लुम्बिनीः विपक्षी गठबन्धनद्वारा बहुमत सदस्यकाे हस्ताक्षरसहित नयाँ सरकार गठनकाे दाबी

लुम्बिनीमा विपक्षी गठबन्धनका सांसदहरुले नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएका छन्।

संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गर्न भन्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन्। निवेदनमा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर छ।

निवेदनमा संविधानको धारा १६८ (१०) अनुसार नियुक्त भएका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएको दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको आह्वान गर्न माग  गरिएको छ। 

मुख्यमन्त्री पोखरेलसँग अहिले ३८ जना सांसद मात्रै छन्।



लुम्बिनीः विमला वलीकाे 'कमब्याक'ले पनि सरकार खतरामै, बन्ला त गठबन्धनकाे सरकार ? (यस्ताे छ अंकगणित)

प्रकाशित मिति: : 2021-08-02 13:25:00

प्रतिकृया दिनुहोस्