माधव नेपालजस्ताे देशद्राेहीलाई एमालेमा ठाउँ छैनः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन्।

एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गदै निवर्तमान प्रधानमन्त्रीसमेत रहेको ओलीले वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकारलाई साथ दिएको भन्दै एमालेमा अब  नेता नेपालको कुनै ठाउँ नभएको स्पष्ट पारे।

माधव नेपाल बाहिरिएसँगै पार्टीमा अब खुट्टा तान्नेहरु कोही नभएको भन्दै ओलीले भने, ‘माधव नेपालजस्तो देशद्रोहीलाई एमालेमा कुनै ठाउँ छैन।’

उनले आउँदो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउनेसमेत दाबी गर्दै बाटाे बिराएकाहरु भने एमालेमा फर्कन सक्ने बताए। 

 

प्रकाशित मिति: : 2021-07-31 14:18:00

प्रतिकृया दिनुहोस्