माओवादीसँग सम्पर्कबिहीन भएर एमालेमै फर्किइन् बिमला वली

लुम्बिनी प्रदेश सभा सांसद विमलाकुमारी वली माओवादी केन्द्रको सम्पर्कबाहिर रहेपछि गठबन्धन (कांग्रेस, माओवादी, जसपा)मा तनाव सिर्जना भएको छ।

शुक्रबार दिउँसोदेखि माओवादी नेताहरूको सम्पर्कमा नरही सांसद वली पुनः नेकपा एमालेमै फर्किएकी हुन्।

उपचारका लागि चितवन गएकी उनी शुक्रबारदेखि माओवादीको सम्पर्कमा नभएको माओवादी केन्द्रका एक प्रदेश सभा सदस्यले बताएका छन्।

‘उहाँ हाम्रो पार्टीको फोन सम्पर्कमा हुनुहुन्न। मलाई प्रहरी स्राेतले बताएअनुसार वलीजी एमाले नेताहरूसँगै हुनुहुन्छ', माओवादीका एक सांसदले भने, ‘माओवादी नेताहरूले बारम्बार फोन गर्दा पनि उठ्दैन। उहाँ  फेरि बिकिसक्नुभयो। अब आशै नगरौं।’

स्रोतका अनुसार सांसद वली आज बिहान मात्रै बुटवल पुगेकी हुन्। उनी आफन्तसँगै रहेकाे बताइन्छ। माओवादी केन्द्र छाडेर पुनः एमाले फर्किए पनि उनले औपचारिक रुपमा भने कुनै जानकारी दिएकी छैनन्।

सांसद वलीले दुईमहिनाअघि एमाले छाडेर माओवादी प्रदेश संसदीय दलका नेता कुल प्रसाद केसीलाई पत्र लेख्दै आफू माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी गराएकी थिइन्।

उनले पत्रमा २०७६ मंसिर १४ गते सम्पन्न भएको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा निर्वाचित भएकोमा सर्वाेच्च अदालतको २०७६ फागुन २३ गतेको फैसलाबाट नेकपा पार्टी नरहेकोले माओवादी दलको क्रियाशिल सदस्य रहन इच्छुक रहेको उल्लेख गर्दै पार्टी सदस्यता पाउँ भनी निवेदन दिएकी थिइन्।

सांसद केसी दाङबाट प्रदेशसभा ३ (ख) बाट नेकपाका तर्फबाट उपचुनाव जितेकी हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार केशराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन्।

केसी स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन्।



को हुन् मुख्यमन्त्री पोखरेललाई अप्ठेरोमा पार्ने विमला वली 

पोखरेल पुन: मुख्यमन्त्री नियुक्त, विमलालाई दलत्याग ऐनअनुसार कारवाही हुने

प्रकाशित मिति: : 2021-07-31 08:46:00

प्रतिकृया दिनुहोस्