नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेल कोटेश्वर पुगेका छन्।
स्रोतका अनुसार उनीहरुबीच आधा घण्टादेखि वार्ता भइरहेको छ।
सतारुढ गठबन्धनमा रहेका माधव नेपालले पछिल्लो समय सरकारमा सहभागी नहुने मनाशय व्यक्त गरिरहेको बेला पौडेल उनलाई भेट्न कोटेश्वर पुगेका हुन्।
प्रधामन्त्री शेरबहादुर देउवालाई नेपालसहित उनी पक्ष सांसदहरुले विश्वासको मत दिएसँगै ओली र नेपालको सम्बन्धमा दरार आएको थियो।
एमाले एकता जाेगाउन दाेस्राे तहका नेताहरू निरन्तर लागि पर्दै आएका छन्।