नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाई स्थगित भएकाे छ।
शुुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासबाट सुनुवाइ भनिएकाे पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ।
बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि समय अभावमा ‘हेर्न नभ्याइने’ सूचनापछि मुद्दाकाे पेशी न्यायाधीश भट्टराईको इजलासमा थियाे।
सांसद पद पुनर्बहालीको माग गर्दै नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
यी नेताहरू फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो।