कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्।
सर्वोच्च अदालतले हिजाे (सोमबार) प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
साेही अनुसार आज राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेका देउवाले आज साँझ ६ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ लिने बताइएको छ।
देउवा पाँचौंपटक प्रधानमन्त्री भएका हुन्।
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ।
स्रोतले दिएको जानकारी अनुसार आज माओवादी केन्द्रबाट दुई मन्त्रीले सपथ लिने सम्भावना छ, जसको लागि नेताहरु जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेलको नाम चर्चामा छ।