जलकुम्भी झार र हिलो माटोले फेवातालको बिजोग (फाेटाे फिचर)

Photo's : श्याम मगर/पाेखरा
Photo's : श्याम मगर/पाेखरा

मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेको फेवातालको अवस्था दिनानुदिन नाजुक बन्दै गइरहेको छ।

बर्खा लागेसँगै माथिल्लो भागबाट बगेर आउने जलकुम्भी झार र हिलोमाटोले फेवाताल भरिएको छ।

फेवाताल संरक्षणको नाममा वर्षेनी करौडौं रुपैयाँ छुट्याइदै आएको छ। तर, वर्षेनी बर्खा लागेसङ्गै ताल जलकुम्भी र गेग्रानले भरिन्छ।

केही दिन अघिदेखिको वर्षातले बगाएर ल्याएको जलकुम्भीले यतिबेला फेवाताल ढकमक्क छ।

फेवामा डुंगा चलाउँदै आएका डुंगा चालक रामबहादुर परियार वर्षेनी बर्खायाम सकिनेबेला ताल जलकुम्भीले भरिने बताउँछन्।

‘बर्खा लागेपछि सधै जलकुम्भीले ढाकिन्छ। बर्खामा डुंगामा पानी भरिन्छ, त्यो नि सफा गर्न पर्‍यो। जलकुम्भी नि थपियो, त्यो सफा गर्न पर्‍यो,’ उनले भने, ‘यी ठूल्ठूला होटलवालाले सफा गर्दैनन्। नगरपालिका पनि सफा गर्न आउन्न।’

जलकुम्भी निकाल्नका लागि पोखरा महानगरपालिकाले क्यानडाबाट करोडौं रुपैयाँको मेसिन किनेर ल्याएको थियो। तर, बर्खा सकिएपछि मात्रै जलकुम्भी पुर्ण रुपमा हटेर सफा हुन्छ।

प्रकाशित मिति: : 2021-07-09 19:54:00

प्रतिकृया दिनुहोस्