अन्ततः लामाे समयदेखि एमाले विवादले पुर्णविराम पाएकाे छ।
हिजाे (शुक्रबार) करिब सात घण्टा चलेकाे कार्यदलकाे बैठकले एमाले एकताकाे सहमतिलाई अन्तिम रुप दिदै संयुक वक्तव्य निकाल्ने तयारी गरेकाे छ।
बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदल संयोजक पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसहित सदस्यहरु उपप्रधानमन्त्री एवम् गृह र अर्थमन्त्री विष्णु पौडेल, लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए।
त्यस्तै वरिष्ठ नेता माधव नेपाल पक्षबाट कार्यदल संयोजक भीम रावल संयोजकसहित सदस्यहरु उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए।
बैठकपश्चात सहमतिकाे निष्कर्षबारे जानकारी दिदै विष्णु पाैडेलले भने, 'आजकाे वार्ता लामाे भयाे, तर अपेक्षाजनक र सकारात्मक भयाे। भाेलि दुई शीर्ष नेताहरुकाे तर्फबाट संयुक्त रूपमा एकताकाे वक्तव्य आउनेछ।'
उनले थपे, 'एमालेको भविष्यबारे चिन्ता गरिरहेका कार्यकर्तालाई पार्टी एकता हुन्छ भन्ने कुरामा विश्वस्त हुन आग्रह गर्दछु।’
त्यस्तै गोकर्ण विष्टले पनि भाेलि एकताकाे आधिकारिक घाेषणा हुने बताएका छन्। उनले भने, 'भाेलि तपाईंहरुले सुखद समाचार सुन्नुहुनेछ।'