एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सकारात्मक छलफल भएकाे छ।
मेरियट होटलमा करिब साढे दुई घण्टासम्म चलेकाे भेटवार्तामा दुई नेताबीच सहमतिकाे नजिक पुगेर सकारात्मक छलफल भएकाे बताइएकाे छ। भेटवार्तामा एकतालाई कार्यदलले अन्तिम रूप सहमित भएकाे छ।
फेरि कार्यदलकाे बैठक बसेर एकता तथा सहमतिलाई लिपिबद्द गर्ने ओली पक्षका कार्यदल संयाेजक सुवास नेम्वाङले बिएल नेपाली सेवालाई जानकारी दिए।
'कार्यदलकाे अथक प्रयासपछि शीर्ष नेताहरूकाे भेटवार्ता गरायाैं', उनले भने, 'उहाँहरू सकारात्मक हुनुहुन्छ, भाेलि कार्यदलकाे बैठक बसेर एकतालाई अन्तिम रूप दिनेछ।'
भेटवार्तामा ओली पक्षका ईश्वर पोखरेल र विष्णु पौडेल तथा नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे पनि सहभागी थिए।