यस्तो छ ट्रायल पास गरेलगत्तै पाइने नयाँ सवारी लाइसेन्स (भिडियोसहित)

शिलापत्र

काठमाडौँ

तपाईंले सवारीचालक अनुमतिपत्रका लागि ट्रायल पास गरेको कति भयो ? एक वर्ष पनि भएको छैन भने त पक्कै लाइसेन्स पाउनुभएको छैन होला । 

अब भने यो झमेला बेहोर्नु नपर्ने भएको छ । यातायात व्यवस्था विभागले परीक्षणकालीन सवारीचालक अनुमति–पत्र लागू गर्ने भएको छ । 

सवारी तथा यातायात ऐन २०४९ को दफा ५० मा भएको व्यवस्थाबमोजिम सवारीचालक अनुमति–पत्र जारी गर्दा विभागले सुरुमा एक वर्षको परीक्षण काल रहने गरी जारी गर्ने प्रावधान भएकाले यो नियम लगाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । 

यो लाइसेन्सवाहक व्यक्तिले एक वर्षको अवधिमा पाँच पटक वा सोभन्दा धेरै गल्ती गरेको भेटिएमा पुन: परीक्षा दिएर फेरि एक वर्ष परीक्षणकालीन लाइसेन्स बोक्नुपर्नेछ ।  त्यस्तै, गल्ती नगरेको खण्डमा भने उक्त व्यक्तिले स्थायी लाइसेन्स पाउनेछ । 

 

प्रकाशित मिति: : 2021-06-29 20:00:00

प्रतिकृया दिनुहोस्