बढ्दै जातीय विभेदका घटना, सिंहदरबारसम्मै हुन्छ विभेद

शिलापत्र

काठमाडाैं

३ असारमा सञ्चारकर्मी रूपा सुनार कोठा खोज्दै काठमाडौंको बबरमहलस्थित सरस्वती प्रधानको घरमा पुगिन् । दुईवटा कोठाको प्रतिमहिना ११ हजार रुपैयाँ भाडा तिर्ने गरी रूपा र सरस्वतीबीच मौखिक सहमति बन्यो । तर, आफू कामी भएको बताएपछि घरधनीले कोठा दिन हच्किएको रूपाको आरोप छ ।

सरस्वतीले आफ्नी बुढी आमालाई देखाउँदै रूपालाई कोठा दिन नसकिने बताएको अडियो सार्वजनिक भयो । यस घटनापछि रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीसमक्ष उजुरी दिइन् । सरस्वती पक्राउ परिन् ।

तर, सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै सरस्वतीलाई मुद्दा चलाउन अस्वीकार गर्‍यो । तीन दिन प्रहरी हिरासतमा कटाएर सरस्वती प्रहरीले बोलाएको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छुटिन् ।

जातकै आधारमा कोठा नपाउने रूपा एक्ली भने होइनन् । दुई वर्षअघि कैलालीकी दीपा नेपालीले त्यसरी नै जातीय विभेद खेप्नुपरेको थियो । कोठामा बसेकै दिन घरधनी श्रीकृष्ण बिडारीले दलित भन्ने चाल पाएपछि दीपालाई कोठाबाट निकाला गरिदिएका थिए ।

प्रकाशित मिति: : 2021-06-29 17:34:00

प्रतिकृया दिनुहोस्