माछा मार्न जाँदा एक जनालाई खोलाले बगायो 

Symbolic photo
Symbolic photo

पोखरा-१७ काउछेघारीस्थित फुस्रे खोलामा माछा मार्न जाँदा एक जनालाई खोलाले बगाएको छ। स्याङ्जाका एक पुरुषलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्याङ्जाको बिरुवा गाउँपालिका ७ डिहि घर भई पोखरा १७ हनुमान टोलमा बस्दै आएका २६ वर्षीय युम बहादुर गुरुङलाई माछा मार्ने क्रममा खोलाले बगाएको हो।

गुरुङलाई खोलाले बगाएर ५ सय मिटर तल पुर्‍याएको र बिच भागमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए।

शव पोस्टमार्टमको लागि गण्डकी अस्पतालमा पठाएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-06-29 13:19:00

प्रतिकृया दिनुहोस्